Birahini Damayanti - Nepali lessson 2 | विरहिणी दमयन्ती - नेपाली पाठ २ | birahini damaynti exercise | birahini damayanti summary | padbarga | पदवर्ग | कर्मको काम गर्ने नाम, भेदक विशेषण, सर्वनाम, सार्वनामिक विशेषण, पदवर्ग विचलन, आदि ।
व्याकरण खण्ड : पदवर्ग
१. दिइएको अनुच्छेदमा प्रयुक्त नाम शब्द टिप्नुहोस्
।
आर्या,
रतिया, निकेश र पेम्बा एउटै
विद्यालयमा पढ्ने र एकआपसमा धेरै
मिल्ने साथी हुन् ।
एकअर्कालाई सहयोग र माया गर्ने
उनीहरूले एक दिन सुखदुःखका
भावना साटासाट गर्ने, मनोरञ्जन लिने र केही
समय प्रकृतिसँग भलाकुसारी गर्ने उद्देश्यले वनभोजको आयोजना गर्ने विचार गरेछन् वनभोजको व्यवस्थापनका लागि उनीहरूले निकेशलाई
टोलीनेता चुनेछन् र सल्लाह गरेर
नगरकोट जाने निर्णय गरेछन्
। उनीहरू आफूलाई चाहिने चामल, दाल, तरकारी, दही,
दुध, मासु सबै सामग्री
लिएर त्यहाँ गएछन्। नगरकोट पुगेर उनीहरूले मह, पाउरोटी र
चिया खाएछन् । उनीहरूले केही
समय घुम्ने योजना बनाएछन् । सूर्योदयको दृश्य
अवलोकन गर्ने इच्छाले अगिल्लो दिन पनि त्यहीं
बिताएका पर्यटकको जमात र तिनलाई
बिदाइ गर्न फूलका गुच्छा
लिएर आएका गाउँलेको हुलसित
उनीहरूको भेट भएछ ।
भेट हुँदा जात्रामा ॐ त्यहाँ मानिसको
भिड लागेछ । पर्यटक र
गाउँलेसित कुराकानी गरिसकेपछि बगैंचामा फुलेका फूल, सल्लाघारी, आकाशमा
उडिरहेका चरा, चउरमा चरिरहेका
गाई र बाख्राका बथान
हेर्दै उनीहरू अघि बढेछन् दिनभरि
घुमेपछि बेलुका घर फर्केछन् ।
त्यस दिन उनीहरूलाई घुमाइबाट
पनि सिकाइ भएको अनुभव भएछ
।
उत्तर
= आर्या, रतिया, निकेश, पेम्बा, विद्यालय,
साथी, सहयोग, माया, सुख, दुःख, भावना,
मनोरञ्जन, प्रकृति, भलाकुसारी,
उद्देश्य, वनभोज, आयोजना, विचार,
व्यवस्थापन, टोलीनेता, सल्लाह, नगरकोट, निर्णय, चामल, दाल, तरकारी, दही,
दुध, मासु, सामग्री, मह, पाउरोटी, चिया,
समय, योजना, सूर्योदय, दृश्य, अवलोकन, इच्छा, पर्यटक, जमात, गुच्छा, हुल, भेट, पर्यटक,
गाउँले, कुराकानी, बगैंचा, फूल, सल्लाघारी, चरा,
आकाश, गाई, बाख्रा, बथान,
घुमाइ, सिकाइ, अनुभव
२. पाठको पहिलो अनुच्छेदमा प्रयुक्त चारओटा व्यक्तिवाचक नाम टिप्नुहोस् ।
उत्तर
= कर्कोटक, नल, दमयन्ती , वन
३.तलको अनुच्छेदबाट कर्मको
काम गर्ने नाम र भेदक
विशेषण टिप्नुहोस् ।
सोनवा,
असीम र दोर्जेले सौरभलाई
टोलीनेता चुनेछन् । सौरभको सल्लाहबमोजिम
उनीहरू गोदावरी घुम्न गएछन् गोदावरीका विभिन्न सुन्दर प्राकृतिक दृश्यको अवलोकन गर्दै त्यहाँ घुमेछन् । बेलुकापख घर
फर्किंदा चिप्लेर सोनवा सख्त घाइते हुँदा
दोर्जे र सौरभले अस्पताल
पुयाएछन् । सौरभले त
आफ्नो रगत दिएर उसलाई
बचाएछ । यो सबै
कुरा थाहा पाएका विद्यालयका
अन्य छात्रछात्राले सुखदुःखमा साथ दिने यस्तै
साथी सबैले बनाउनुपर्छ भन्दै उनीहरूको प्रशंसा गरेछन् ।
उत्तर
=
कर्मको
काम गर्ने नाम= सौरभलाई, टोलीनेता,
अवलोकन, रगत, साथी, प्रशंसा
भेदक
विशेषण= सौरभको, गोदावरीका, दृश्यको, आफ्नो , विद्यालयका, उनीहरूको
४. दिइएको अनुच्छेदमा प्रयुक्त सर्वनाम र सार्वनामिक विशेषण
टिप्नुहोस् :
हामीले
विद्यालयमा मिलीजुली पढ्यौँ आवश्यक पर्दा एकअर्कालाई सहयोग पनि गयौँ ।
सबैभन्दा खुसीको कुरा चाहिँ जो
जो मिल्ने साथी थिए उनीहरूसँगको
सहकार्य उल्लेख्य रह्यो । हामीले म
र मेरो भन्ने सङ्कुचित
विचार त्यागी हामी र हाम्रो
भन्ने उदार भावना लिएर
एकआपसमा सहयोग गयौं । जहाँ
तँ, तिमी तपाईं र
उहाँ भन्ने दभाव हुन्छ त्यस
समाजमा कसैको उन्नति हुदैन । प्रत्येक व्यक्तिले
यसरी नै सोचे समाजमा
हुने भेदभाव आफैँ हराउँछ ।
जोसुकैले जेसुकै भने पनि जुन
कुराले आफ्नो उन्नति हुन्छ त्यसैमा लागिरहनुपर्छ भन्ने विचारबाट प्रेरित भई हामीले सिकाइलाई
नै सबैभन्दा बढी महत्त्व दियौं
। हामीमध्ये कोही केही विषयमा
सिपालु थिए भने कोही
केहीमा हरेकले आफूलाई जे आउँछ त्यो
अरूलाई सिकाउनुपर्छ भन्ने नियम बनाएका थियौं
त्यसैअनुरूप एकअर्कालाई सहयोग गर्दै हामीले सिकाइलाई अघि बढायौं ती
दिन सम्झदा मन आज पनि
निकै प्रफुल्ल हुन्छ ।
उत्तर
=
सर्वनाम=
हामी, एकअर्का, जो जो, म,
हामी, तिमी,
तपाईं
, उहाँ,
जोसुकै, जेसुकै, त्यस,
हरेक, आफू,
जे, आफैँ
सार्वनामिक
विशेषण= केही, ती,
जुन
५.दिइएको अनुच्छेदबाट पदवर्ग विचलन भएका र नभएका
विशेषण टिपोट गर्नुहोस् :
एक जना वृद्ध सन्त
बर्सौंदेखि तपस्यारत थिए । ती
सन्तसित एउटा चम्किलो सुन्दर
मणि थियो । केही
चोरले सन्तसँग मणि भएको थाहा
पाए । उनीहरूले त्यो
मणि चोर्ने विचार गरे । सन्तलाई
समातेर मणि खोजे तर
भेटेनन् । वृद्धले मणि
गाढेर राखेको बताए । उनीहरूले
सन्तले भनेअनुसारको जमिन रातभरि खने
तर पनि मणि भेटेनन्
। फर्केर आएका चोरलाई सन्तले
भनेछन्, “तिमीहरूले यसरी रातभरि खेत
खनेका भए तिमीहरूले मणि
भन्दा बहुमूल्य सामग्री जुटाउँथ्यौँ ।" सन्तले यसो भनेपछि बल्ल
उनीहरूको होस खुल्यो ।
उनीहरूले धन कमाउन मिहिनेत
गर्नुपर्ने रहेछ भन्ने बुझेछन्
र काम गर्न पनि
थालेछन् । अब उनीहरूलाई
मिठो खान र राम्रो
लाउन चोर्नुपर्ने अवस्थाको अन्त्य भएछ ।
उत्तर
=
पदवर्ग
विचलन भएका= ती, केही, त्यो
पदवर्ग
विचलन नभएका= एक, वृद्ध, चम्किलो , बर्सौं, एउटा
, सुन्दर, मिठो,
राम्रो, बहुमूल्य , मिहिनेत
जीवनमा
समस्या आउँदा त्यसको तत्काल समाधान गर्नुपर्छ । कुनै पनि
समस्या आउँदा अहिले होइन, भरे, भोलि बिस्तारै
समाधान गरौंला भनेर वस्यो भने
त्यसले कहिल्यै मानिसको कल्याण गर्दैन । जीवनमा समस्या
भन्ने कुरा निश्चित ठाउँ
र समयमा मात्र आउदैन । हरबखत, हरपल,
हरदिन, हरघडी जीवनमा समस्या आउन सक्छ ।
समस्या आयो भन्दैमा भाग्नुहुदैन,
समाधानको उपाय पहिल्याएर अघि
बढ्नुपर्छ ।
उत्तर
= आउँदा, तत्काल, अहिले, भरे, भोलि, बिस्तौर,
कहिल्यै, मात्र, हरबखत हरपल, हरदिन, हरघडी, आंउन, पहिल्याएर, अघि
७. दिइएको अनुच्छेदबाट नामयोगी र संयोजक पहिचान
गरी टिप्नुहोस् :
गाउँमा
खुदो पकाउने चलन घरैपिच्छे भए
पनि सविताको घरमा खुदो पकाउँदा
चाहिँ म पनि त्यहाँ
जान्थें । नाजिरको घरनजिकै
बस्ने हामु पनि आफ्नी
बहिनी निमासँग खुदो खान त्यहाँ
जान्थिन् । सविताकहाँ खुदो
पकाउँदा हामी त्यहाँ जम्मा
हुन्थ्यौं र खेल्थ्यौँ ।
त्यस दिन पनि सविताको
बारीमा उखु पेलेर खुदो
पकाउने काम भइरहेको थियो
। सविताकी आमा चुलानेर बसेर
खुदो पकाउने भाँडोभित्र हेर्दै हुनुहुन्थ्यो । उहाँले जब
बिहानभर खुदो पकाउने काम
गर्नुभयो तब हामी वरिपरि
बसेर हेरिरह्यौँ । खुदो पाकिसकेपछि
जब केही खुदो थालमा
राखेर दिनुभयो तब हामीले पनि
चम्चाले खुदो खायौं र
खानेबित्तिकै चुलाको पूर्वपट्टि खेल्न थाल्यौँ। खुदाको स्वाद लिंदै खेल्न पाएकाले त्यो दिन अत्यन्तै
रमाइलो भयो ।
उत्तर
=
नामयोगी= पिच्छे, नजिकै, कहाँ, सँग, भित्र, भर,
पछि, बित्तिकै, पट्टि संयोजक= पनि, र, जब…तब
८. दिइएको अनुच्छेदबाट विस्मयादिबोधक र निपात पहिचान
गरी टिप्नुहोस् :
म, अग्रिम र तेन्जिङ घुम्न
बगैंचामा गयौँ । त्यहाँ
पुग्नेबित्तिकै “आहा ! कति सुन्दर बगैंचा
रहेछ, हेर त" तेन्जिङले
भन्यो । “हो, धेरै
सुन्दर छ" मैले जबाफ दिएँ।
केही पर पुगेपछि “छ्या
! के गनाएको यस्तो ?" तेन्जिङले सोध्यो “उः त्यहाँ पर
मुसा मरेको रहेछ, त्यही गनाएको नि !” अग्रिमले जबाफ दियो ।
“अं त नि ! मरेपछि
कसैले उठाएनछ अनि गनाइहाल्छ नि।"
मैले भनेँ । घुम्दाघुम्दै
हामी पोखरीनजिक पुग्यौँ । “आबुइ! कत्रो
माछो ।” अग्रिमले पोखरीको
माछो देखाएर भन्यो । “खै खै
! म पनि हेरू त"
तेन्जिङले जिज्ञासाको भावमा भन्यो । यसपछि ज्यादै
गर्मी भएकाले तेन्जिङ र म पौडी
खेल्न पोखरीमा छियौँ । “ आच्छु ! कस्तो
चिसो पानी ।" तेन्जिङले
भन्यो । हामी दुवै
पौडी खेल्दै थियौँ । “क्याबात ! कति
राम्रो पौडी खेलेको" भनी
आफ्नै साथी अग्रिमले प्रशंसा
गर्दा हामी दङ्ग पयौँ
।
उत्तर
=
विस्मयादिबोधक=
आहा , छ्या , उः , अँ, खै
खै
, आबुइ , क्याबात, आच्छु
निपात=
त, नि
९. पाठको तेस्रो अनुच्छेदमा प्रयुक्त निपात र संयोजक टिप्नुहोस्
।
उत्तर=
निपात=
पनि, नै
संयोजक=
र, तैपनि
१०.
शुद्ध गरी पुनर्लेखन गर्नुहोस्
:
नेपाल बहुभासिक देश हो । यहाँ विभीन्न भासा बोलिन्छन् । नेपालको शंविधानले नेपालमा । बोलिने शबै मातृभासालाई रास्ट्रभाषा मानेको छ । नेपालमा बसोबाश गर्ने प्रत्येक नेपाली शमुदायलाई आफ्नो मातृभासामा पढ्न पाउने, यसको शंरक्षण र प्रचारप्रशार गर्न पाउने हक प्रदान गरी शबै भाषालाई शमान रूपमा सम्मान गरेको छ । सबै मातृभाषाको संरक्षण र शवर्द्धनका लागि भाषा आयोगको गठनको व्यवस्था पनि गरेको छ र शोहीबमोजिम भाषाआयोगको गठन पनि भइसकेको छ ।
उत्तर = नेपाल बहुभाषिक देश हो । यहाँ विभिन्न भाषा बोलिन्छन् । नेपालको संविधानले नेपालमा बोलिने सबै मातृभाषालाई राष्ट्रभाषा मानेको छ। नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो मातृभाषामा पढ्न पाउने, यसको संरक्षण र प्रचारप्रसार गर्न पाउने हक प्रदान गरी सबै भाषालाई समान रूपमा सम्मान गरेको छ । सबै मातृभाषाको संरक्षण र संवर्द्धनका लागि भाषाआयोगको गठनको व्यवस्था पनि गरेको छ र सोहीबमोजिम भाषाआयोगको गठन पनि भइसकेको छ ।