Aama Ko Sapana | आमाको सपना | aama ko Sapana exercise | nepali paath yek | aama ko sapana exercise solution

Aamako Sapana - Nepali paath 1 | आमाको सपना - नेपाली पाठ १ | aama ko Sapana exercise | अक्षर संरचना | akshyar samrachana | axyar samrachana


• लेखक (गोपाल प्रसाद रिमाल)को परिचय , साहित्यिक विशेषता , पाठको मूल भाव, अभ्यास र व्याकरण खण्ड तल उल्लेख गरिएको छ :







 त्यस्तै ,अक्षर संरचना (व्याकरण खण्ड) तल उल्लेखित छन् :    


अक्षर संरचना 

    सासको एक झड्कामा उच्चारण हुने वर्ण वा वर्णसमूहलाई अक्षर भनिन्छ। सामान्यतया वर्णभन्दा ठूलो र शब्दभन्दा सानो भाषिक एकाइलाई अक्षर मानिन्छ। एउटा स्वर वर्णले मात्र अक्षर बन्न सक्छ तर एउटा व्यञ्जन वर्णले मात्र अक्षर बन्न सक्दैन। अक्षर बन्नका लागि स्वर वर्ण मात्र वा व्यञ्जन वर्णको साथमा स्वर वर्णको प्रयोग हुनुपर्छ। शब्दलाई अक्षरमा विभाजन गर्दा उच्चारणलाई आधार बनाइन्छ, यदि शब्द उच्चारण गर्दा एक पटकमा उच्चारण भयो भने एक अक्षरले बनेको, दुई पटकमा उच्चारण भए दुई अक्षरले बनेको मानिन्छ । अर्थात् शब्द उच्चारण गर्दा जति पटक लाग्छ त्यो शब्द त्यति नै अक्षरले बनेको हुन्छ। अक्षर संरचना देखाउँदा उच्चार्य रूप मात्र प्रयोग गरिन्छ ।

 अक्षरमा स्वर एक्लै पनि रहन सक्छ र त्यसका अघि वा पछि वा अघिपछि दुवैतिर व्यञ्जन वर्ण आउन सक्छन्। स्वर वर्ण स्वतन्त्र रूपमा उच्चारण हुने भएकाले यी सासको एक झोक्कामा उच्चारण हुन्छन्। अक्षर भनेको सासको एक झोक्कामा उच्चारण हुने भाषिक एकाइ हो। 'ऐन' शब्दमा दुईओटा स्वर छन्। यसमा आएका दुवै स्वर सासको एक झोक्कामा उच्चारण हुने भएकाले अक्षर सङ्ख्याका दृष्टिले एउटै हो। यस्ता स्वरलाई द्विस्वर भनिन्छ।
 
 नेपाली भाषामा शब्दको लेखाइअनुसार उच्चारण हुन सक्ने स्थिति छैन। यस्तै नेपाली भाषामा लेख्य रूपमा रहेका कतिपय वर्णको उच्चारण सोहीअनुसार हुँदैन। नेपाली भाषामा लेख्य रूपमा रहेका दीर्घ 'ई', 'ऊ' को ह्रस्व 'इ' 'उ',   'ऋ' को 'रि',   'ऐ’ को ‘अइ’,   ‘औ’ को ‘ अउ'(द्विस्वर),  यस्तै व्यञ्जन वर्ण 'श' , 'ष' को 'स',  'ञ' को 'न्'   र 'ण' को 'न्'  वा 'डँ' को उच्चारण हुन्छ ।
 
 शब्दबाट अक्षर खण्डीकरण गर्न थोप्लो (.) चिह्नको प्रयोग गरिन्छ। यसैले एक अक्षर भएका शब्दमा थोप्लो चिह्नको प्रयोग भएको हुँदैन। अक्षर संरचना देखाउँदा दोहोरो तिर्यक् (/) भित्र राखिन्छ। त्यसमा प्रयुक्त स्वरव्यञ्जन वर्णलाई छुट्याएर वा नछुट्याई दुवै तरिकाले देखाउन सकिन्छ। तलका अभ्यास र उदाहरणमा स्वरव्यञ्जन वर्ण नछुट्याई अक्षर संरचना देखाइएको छ।            
                       






      •Summary of aama ko sapana ! 
•Aama ko Sapana exercise !
       •Aama ko Sapana paath yek - Grade 12 Nepali chapter 1 
•akshar samrachana 
•akxyar samrachana 
•अक्षर संरचना 

 
~एस्तै रोचक लेखन हेर्न हामीसङ्ग जोडिनु होला । ❤️